Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र साना किसान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, १९ : १४ मा प्रकाशित

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र साना किसान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दिएको १६ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । यस अनुसार अब कम्पनीको थप ६४ लाख कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । बोनस पछी कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ४३७.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७९/८० का लागि साना किसान विकास लघुवित्तले दिएको १४.२५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ४७ लाख ४७ हजार ५५५.९४१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार ९०० रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ८२२ रुपैयाँमा अन्तिम कारोबार भएको 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको