Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ निष्कासन प्रक्रिया सूचारु हुँदै, प्रिमियम थपिएका भने वेटिङमै रहने

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, ०९ : २१ मा प्रकाशित

आइपिओ निष्कासन प्रक्रिया सूचारु हुँदै, प्रिमियम थपिएका भने वेटिङमै रहने

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइपिओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरुको सेयर निष्कासन प्रक्रिया सूचारु गर्ने भएको छ ।

सेबोनको नेतृत्व खाली भएपछि करिब तीन महिनादेखि आइपिओ निष्कासन प्रक्रिया पूर्ण रुपमा ठप्प रहेको छ । बोर्डका निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत पुस २० गतेबाट समाप्त भएको थियो । त्यसयता आइपिओको पाइपलाइनमा ३५ कम्पनी थपिइसकेका छन् । ३५ मध्ये पाँच कम्पनीले प्रिमियम थपेर आइपिओ निष्कासनको अनुमति मागेका छन् भने बाकिँ ३० कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमै सेयर जारी गर्न लागेका हुन् ।

प्रक्रिया पूरा भएका र कैफियत नदेखिएका कम्पनीहरुको आइपिओ नरोक्न अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएका थिए । सोही बमोजिम यसै साता बोर्ड बैठक बसी आगामी साता देखि आइपिओ जारी गर्ने तयारी रहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको