Like us!
Follow us!
Connect us!
Watch us!

साताको पाँचै कारोबार दिन घट्यो सेयरबजार, एकुमुलेसन हुँदा २००० को सपोर्ट भने तोडिएन

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, १५ : १८ मा प्रकाशित

साताको पाँचै कारोबार दिन घट्यो सेयरबजार, एकुमुलेसन हुँदा २००० को सपोर्ट भने तोडिएन

यस साता लगातार पाँचौ दिन पनि सेयरबजारमा गिरावट आएको छ । 

अघिल्ला चार कारोबार दिनमा गरि २८.८४ अङ्कले घटेको बजार आज थप ओरालो लागेको हो । बजार ओरालो लागेपनि लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक नै राखेर एकुमुलेसन हुँदा २००० विन्दुको मनोवैज्ञानिक सपोर्ट भने बजारले नतोडेको देखिन्छ ।

बुधबार ३.४३ अङ्कले घटेको सेयरबजार आज थप २.८३ अङ्कले घटेर २००४.०५ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३ सय ७ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा गुराँस लघुवित्त, मानुषी लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, तारागाउँ रिजेन्सी र विन नेपाल लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा रिभरफल्स हाइड्रो, सर्वोत्तम सिमेन्ट र पिपुल्स पावर रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लघुवित्त समूहको उपसूचक २.३८ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहको उपसूचक १.६७ प्रतिशत बढ्यो । यसैगरी आज उत्पादन तथा प्रसोधन समूहको उपसूचक सर्वाधिक १.६१ प्रतिशतले घट्दा हाइड्रोपावर समूहको उपसूचक ०.५८ प्रतिशतले घट्यो । बजार पुरै साता ओरालो लाग्दा पनि ठूलो अङ्कको गिरावट भने देखिएको छैन । 

पाँच कारोबार दिनसम्म औसत ५.८ प्रतिशतले बजार घटे पनि भोल्युम भने उत्साहजनक नै रहेको छ । यसरी हेर्दा बजार ठूलो अङ्कले नघटाई तर घटेकै मूल्यमा तीव्र एकुमुलेसन भइरहेको बुझ्न सकिन्छ । तीव्र रुपमा बजार घट्दा सेन्टिमेन्ट बियरिस हुने देखेरै बजारलाई सपोर्ट जोनमै राखेर सेयर एकुमुलेसन भएको कतिपय लगानीकर्ताको बुझाई रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको