Like us!
Follow us!
Connect us!
Watch us!

यस साताको सेयरबजार रिक्याप : पुरै साता घट्यो सेयरबजार, नेप्सेमा कुल २८.८४ अङ्कको गिरावट

अर्थ संसार

शुक्रबार, २३ चैत्र २०८०, १४ : २७ मा प्रकाशित

यस साताको सेयरबजार रिक्याप : पुरै साता घट्यो सेयरबजार, नेप्सेमा कुल २८.८४ अङ्कको गिरावट

यो साताको पाँच दिन नै सेयर कारोबार भएको छ । पाँच दिनमा १३ अर्ब ९४ करोडको कारोबार हुँदा नेप्से परिसूचकमा भने २८.८४ अङ्कको गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार बजार खुल्दा २०३५.६४ विन्दुमा रहेको नेप्से परिसूचक बिहीबार २००४.०५ विन्दुमा बन्द भएको हो । बजारमा २८.८४ अङ्कको गिरावट सँगै कारोबार सामान्य रहेको छ । पाँच दिनमा कुल १३ अर्ब ९४ करोड ५२ लाख ३३ हजार ५ सय १० रुपैयाँ बराबरको कारोबार भएको छ । जस अनुसार औसतमा हेर्दा दैनिक करिब दुई अर्ब ७८ करोड ९० लाख बराबरको कारोबार भएको हो । यो साता आइतबारदेखि बिहीबारसम्मै बजारमा गिरावट भएको थियो ।

उपसूचकतर्फ हेर्दा यो साता बैंकिङ उपसूचक २०.५४ अङ्कले घटेको छ । यसैगरी विकास बैंक उपसूचक ९९.२२ अङ्कले घटेको छ । हाइड्रोपावर उपसूचकमा पनि यो साता ५९.६५ अङ्कले घटेको छ । फाइनान्स उपसूचक पनि ३०.०१ अङ्कले घटेको छ ।

सोमबार बजार खुल्दाको कुल पुँजीकरण ३२ खर्ब २७ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा बिहीबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण घटेर ३१ खर्ब ७७ अर्ब ६७ करोड पुगेको छ । अर्थात यो साता समग्र लगानीकर्ताको सम्पत्तिमा ५० अर्ब ८ करोड रुपैयाँले गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको