Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, विपक्षी नेपाली काङ्ग्रेस सर्वोच्च जाँदै

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १४ : १५ मा प्रकाशित

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, विपक्षी नेपाली काङ्ग्रेस सर्वोच्च जाँदै

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले आइतबार एमाले, माओवादी केन्द्रलगायतको समर्थनमा मुख्यमन्त्री बन्न दाबी पेस गरेका थिए । उनलाई समर्थन गर्नेमा प्रदेश सभामुख कृष्ण धिताल र स्वतन्त्र हैसियत माग गरेका सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) समेत रहेका छन् ।

सभामुखले सरकार गठन र विघटनमा मत दिन नपाउने कानुनी व्यवस्था रहे पनि गठबन्धनले धितालसमेतलाई जोडेर बहुमत पुर्याएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा रहेका एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको अधिकारीलाई समर्थन रहेको छ । मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आज अपरान्ह ३ बजे सपथ लिने कार्यक्रम रहेको छ ।

यता मुख्यमन्त्री नियुक्ति असंवैधानिक भहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस सर्वोच्च अदालत जाने तयारी गरेको छ । सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट हाल्ने तयारी भएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको