Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी ठगी छानबिन गर्न संसदीय समिति नबने काङ्ग्रेसले संसद बैठक चल्न नदिने

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, ११ : ३० मा प्रकाशित

सहकारी ठगी छानबिन गर्न संसदीय समिति नबने काङ्ग्रेसले संसद बैठक चल्न नदिने

सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय समिति नबनाए संसद बैठक चल्न नदिने नेपाली काङ्ग्रेसले निर्णय गरेको छ ।

आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । बैठकले संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने र काङ्ग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध गर्ने निर्णय गरेको जनाइएको छ । सहकारी ठगी प्रकरण छानबिनको गर्न काङ्ग्रेसले संसद बैठकमा माग राख्दै आएको छ ।

सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेता साथै पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतलाई समेत सहकारी ठगीमा संलग्न भएको आरोप लगाउँदै नेपाली काङ्ग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताउँदै आएको छ । 

आज संसद बैठक बस्दैछ भने सदन गतिरोध अन्त्य गर्न आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा तथा रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बैठक भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको