Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपाको प्रदर्शनमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १४ : ४३ मा प्रकाशित

राप्रपाको प्रदर्शनमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

प्रहरीले भीडलाई उत्तेजित तुल्याएको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेपनि कार्यकर्ताहरु नदिएको जनाइएको छ । प्रदर्शनलाई नेतृत्व गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफै आन्दोलनमा उत्रिएका छन् । 

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको छ भने दुई पक्षबीच झडपसमेत भएको छ । झडपका क्रममा आफ्ना केही कार्यकर्ता घाइते भएको पार्टीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको