Like us!
Follow us!
Connect us!
Watch us!

ऐनले खुलायो धितोपत्र बोर्डको अन्तरिम अध्यक्षको बाटो, कहिले नियुक्त होलान् अध्यक्ष ?

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १७ : ३४ मा प्रकाशित

ऐनले खुलायो धितोपत्र बोर्डको अन्तरिम अध्यक्षको बाटो, कहिले नियुक्त होलान् अध्यक्ष ?

सम्पति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रबर्द्धनसम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको ऐन अनुसार अब नेपाल धितोपत्र बोर्डले तुरुन्तै अध्यक्ष पाउने भएको छ ।

२०८० चैत्र ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै उक्त ऐनअन्तर्गतको धितोपत्र सम्बन्धी ऐन, २०६३ मा भएको संशोधन व्यवस्थाबमोजिम अब बोर्डको अध्यक्षको पद रिक्त भएमा, नेपाल सरकारले बोर्डको अध्यक्षलाई हटाएमा वा निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट अर्थ मन्त्रालयबाट प्रतिधिनित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्न सक्ने भएका हुन् । यस अनुसार अब धितोपत्र बोर्डको अध्यक्षमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरेका रितेश कुमार शाक्य स्वत बोर्ड अध्यक्ष नियुक्त हुने भएका छन् ।

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन माग भई सर्टलिस्टसमेत तयार भई कार्ययोजना प्रस्तुत गर्ने तालिका रहेकोमा केही दिनअघि सम्पूर्ण प्रक्रिया स्थगित भएको थियो । बोर्डको अध्यक्ष पदका लागि चिरञ्जीवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्ति श्रेष्ठ, नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिस्टमा परेको थियो । तत्कालीन बोर्ड अध्यक्ष रमेश कुमार हमालको पदावधि सकिएसँगै करिब साढे २ महिनायता बोर्ड अध्यक्षविहीन रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको