Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार : बैंकको खराब रिपोर्टको रियाक्सन देखाईसकेको बजार अब फर्किने ठाउँमा पुगेको हो ? (भिडियो )

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, ०८ : ११ मा प्रकाशित

लगानीकर्ताको लागि निराशाजनक नै रहयो गएको हप्ता। एक दिन सरकारी बिदा परेर केबल चार दिन मात्र चलेको नेप्से ४ दिन नै घट्यो। २०२५.७० बाट सुरु भएको गएको साताको नेप्से परिसूचक गत हप्ता ५३.५६ अंक घटेर १९७२.१४ पुगिसकेको छ। 

बैंकको खराब रिपोर्ट आउने हल्ला कै कारण पनि नेप्से बढ्न सकेन। शुक्रबार सबै जसको बैंकको तेस्रो त्रैमासको रिपोर्ट आइसक्यो र बजारमा यसको असर पहिले नै देखि सकेको अवस्थामा अबको साता बजार कस्तो रहला ?

यस्तै विभिन्न विषय लिएर साप्ताहिक कार्यक्रम बजारको चिरफार लिएर आएका छौं। 

अबको साता बजार के होला, कस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुले बजारलाई अब असर गर्ला यस्ता विभिन्न विषयलाई लिएर अर्थसंसारले साप्ताहिक रुपमा पस्किने गरेको छ। 

यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक मार्फत हुने घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको