Like us!
Follow us!
Connect us!
Watch us!

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, साढे २० अर्ब नवीकरण गर्ने

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १२ : ०६ मा प्रकाशित

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, साढे २० अर्ब नवीकरण गर्ने

सरकारले साढे २० अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ । साथै थप १० अर्ब रुपैयाँ उठाउने भएको छ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैशाख ११ गते कुल ३० अर्ब ४९ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। जसमा २० अर्ब ४९ रुपैयाँको नवीकरण गरिनेछ भने  १० अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी गरिनेछ।

कार्यालयले २८ दिने ट्रेजरी बिलअन्तर्गत ५ अर्ब रुपैयाँको नवीकरण गर्ने छ भने ५ अर्ब रुपैयाँकै नयाँ जारी गर्नेछ। त्यस्तै ९१ दिनेअन्तर्गत ५ अर्ब ४९ रुपैयाँको नवीकरण गर्नेछ भने ५ अर्ब रुपैयाँको नयाँ जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः जेठ ८ गते र साउन ८ गते परिपक्व हुनेछन्।

यसैगरी सरकारले १८२ दिने ६ अर्ब रुपैयाँ र ३६४ दिने ६ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः कात्तिक ६ गते र २०८२ वैशाख ९ गते परिपक्व हुनेछन्। 

यी ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार (वैशाख १० गते) बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको