Like us!
Follow us!
Connect us!
Watch us!

२९ ठेकेदार कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा सहभागी हुन नपाउने

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, ११ : ११ मा प्रकाशित

२९ ठेकेदार कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा सहभागी हुन नपाउने

सार्वजनिक खरिद अनुगमन कार्यालयले २९ वटा निर्माण ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज (वैशाख ११ गते) एक सूचना जारी गर्दै २९ कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । उनीहरूसँग तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा सहभागी हुन नसक्ने समेत सो कार्यालयले जनाएको छ ।

ती कम्पनीहरूलाई साढे दुई वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । सबैभन्दा लामो समय साढे दुई वर्ष अवधिका लागि पप्पु कन्स्ट्रक्सन प्रालि तीनकुने कालोसूचीमा परेको छ । 

यसैगरी, दुई वर्षका लागि प्रेम निर्माण सेवा प्रालि गुलरिया, ओम साइ एण्ड कम्पनी जेभी, युनिभर्सल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि, कोसी एण्ड न्यौपानेरओम साई कन्स्ट्रक्सन जेभी, ए वान खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स, चण्डी सिद्धिबाबा जेभी, नमूना कन्स्ट्रक्सन खिम्ती प्रालि र महेश इन्जिनियरिङ–नवीन जेभी कालोसूचीमा परेका छन् । 

प्रेम निर्माण सेवा प्रालि, अमन कन्स्ट्रक्सन कम्पनी, भाव्या कन्स्ट्रक्सन, साहनी विल्डर्स, नवीन कन्स्ट्रक्सन, मामा भान्जा निर्माण सेवा र चण्डी सिद्धिबाबा जेभीलाई डेढ वर्षको लागि कालोसूचीमा राखिएको  छ ।

चण्डी निर्माण सेवालाई एक वर्ष तीन महिनाका लागि कालोसूचीमा राखिएको छ ।

कर्मभूमि कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सुस्मन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, रोशिस कन्स्ट्रक्सन, अर्घा भगवती कन्स्ट्रक्सन, पौराई बाबा कन्स्ट्रक्सन प्रालि, मुस्कान कन्स्ट्रक्सन, जीएस एण्ड एसएस कन्स्ट्रक्सन, उमंग ट्रेडर्स, पशुपति कन्स्ट्रक्सन प्रालि, कार्चेन कन्स्ट्रक्सन, सेवा निर्माण सेवा र खड्का देवी कन्स्ट्रक्सनलाई एक वर्षको लागि कालोसूचीमा राखिएको जनाइएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको