Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार अब के होला ? हेर्नुहोस बजारको चिरफार (भिडियो)

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, ०८ : ४१ मा प्रकाशित

भनिन्छ रात पनि दिन आउंछ, हो त्यहिँ दिन कुरेर बसेका छन् अहिले नेपालको सेयरबजारमा लगानी गरेका लगानीकर्ताहरु।  बजार घट्नु स्वोभाविक हो , तर नेपालको बजार भने निरन्तर घटेको घटेकै छ। धेरै लगानीकर्ताको पुंजी बजारमा हराईसकेको छ।  ऋण लिएर लगानी गरेका लगानीकर्ताहरुको अवस्था पनि नाजुक छ। 

बजारले नीतिगत सुधारको माग गरिरहेको छ। अर्थमन्त्री वर्षमान पुन पनि बजार प्रति सकारात्मक रहेको उनको भनाईले भनिरहेका छन् तर अर्थमन्त्रालय र सरकारबाट हुन् पर्ने नीतिगत सुधार भने हुनसकेका छैन। अब वर्षमान पुनले ढुक्क संग लगानी गर्नु भनेको वाक्यलाई पनि लगानीकर्ताले नेताको गफ भनिसकेका छन्। 

तर बजारमा आशावादी हुन् जरुरी छ किनभने राष्ट्र बैंक कै विभिन्न सूचक र परिसूचकले पनि अवस्था फेरिदै गएको देखिन्छ। बैंकका रिपोर्ट खस्किएका छन् र बजारमा बैंकका सेयरको मूल्य पनि तेस्तै गरि नै खस्किएको छ। 

बैंकहरुले निरन्तर ब्याजदर घटाएका छन् जसले गर्दा बैंकबाट कर्जा लिएका ऋणीलाई राहात मिल्दै जाने देखिन्छ। जसको प्रभाव बजारमा बिस्तारी बजारमा पर्ने नै छ। 

यस्तै विभिन्न विषय लिएर साप्ताहिक कार्यक्रम बजारको चिरफार लिएर आएका छौं। 

अबको साता बजार के होला, कस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुले बजारलाई अब असर गर्ला यस्ता विभिन्न विषयलाई लिएर अर्थसंसारले साप्ताहिक रुपमा पस्किने गरेको छ। 

यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक मार्फत हुने घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको