Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीलाई गगनले भने : गृहमन्त्रीलाई तपाईँले धोएर धोइन्न, पखालेर पखालिन्न

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, १७ : ०१ मा प्रकाशित

प्रधानमन्त्रीलाई गगनले भने : गृहमन्त्रीलाई तपाईँले धोएर धोइन्न, पखालेर पखालिन्न

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा छानबिन समिति नबनेसम्म सदन अघि जान नसक्ने बताएका छन् । शुक्रबार सुरु भएको प्रतिनिधि सभाको बजेट अधिवेशनमा बोल्दै थापाले प्रधानमन्त्रीले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेलाई चोख्याउन सरकारी संयन्त्रको प्रयोग वासेङ मेसिनको जस्तो गरेको आरोप लगाएका हुन् ।

उनले भने  ‘प्रधानमन्त्रीजी सरकारले गरिरहेको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन । ढाकछोप गरियो राज्यका तमाम अंगहरुलाई वासिङ मेसिनजस्तो प्रयोग गरियो,’ गगन थापाले भने,’तपाईंहरूले धोएर धोइन्न, पखालेर पखालिन्न । दूधको दूध पानीको पानी संसदीय समितिले छुट्टाउँछ ।’

उनले संसदीय छानबिन समिति नबनेसम्म सदन अघि जान नसक्ने चेतानवी दिए । संसद अघि नबढ्नुको जिम्मेवारी कांग्रेसले नभइ सरकारको हुने उनको भनाइ छ ।

उनले संख्याका आधारमा प्रतिपक्षीलाई पेल्न नहुने बताए । उनले भने, ‘हामीलाई संख्याको आधारमा सभामुखले हेप्न खोज्ने रु पेल्न खोज्ने रु’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको