Like us!
Follow us!
Connect us!
Watch us!

"अर्थतन्त्रमा सिथिलता हो, संकट हैन" : गभर्नर अधिकारी

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १७ : ३८ मा प्रकाशित

"अर्थतन्त्रमा सिथिलता हो, संकट हैन" : गभर्नर अधिकारी

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सिथिलता देखिएको तर समग्र अर्थतन्त्र नै संकटमा भने नभएको बताएका छन् ।

उनले अर्थतन्त्र सिथिल भएको स्वीकार्दै हाल व्यवसायीको मनोबल कम भएको अवस्था रहेको बताए । तर केहीले भनेजस्तो संकट नै भएको अवस्था भने नभएको जिकिर गर्दै अधिकारीले केही सेक्टरमा समस्या रहेको स्वीकारे । गभर्नर अधिकारीले बाह्य सेक्टर उल्लेख गर्दै अर्थतन्त्रको कतिपय पक्ष अत्यन्त बलियो भएको पनि बताए । अर्थतन्त्र सिथिलताको मुख्य समाधान भनेकै पुँजीगत खर्च बढाउनु नै भएको भन्दै अधिकारीले सार्वजनिक खर्च बढाए मात्रै विकास निर्माणका गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुने र पुँजी निर्माण हुने बताए । 

पछिल्लो राष्ट्र बैंकको तथ्यांक औल्याउँदै विनिमय सञ्चिति यथेष्ट रहेको र १५ महिनाको वस्तु आयात तथा १२ महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने अवस्था रहेको उनले बताए । यसैगरी निजी क्षेत्रले लगानी विस्तार गर्न चाहेको खण्डमा त्यसलाई सम्बोधन गर्न पुग्ने गरि बैंक तथा वित्तीय संस्थासँग तरलता रहेको पनि अधिकारीले जानकारी दिए । राष्ट्र बैंकका नीतिहरु कम्प्रमाइज भए ठूलो घाटा पुग्ने बताउँदै उनले राष्ट्र बैंकको म्यान्डेट भित्र रहेको मुद्रास्फीति, बाह्य क्षेत्रको अवस्था र वित्तीय संस्थाको स्थायित्व कायम गर्न नीतिहरु बन्ने स्पष्ट पारे ।

बैंकमा पैसा भएको तर लगानी नभएकोतर्फ इङ्गित गर्दै उनले लगानी विस्तार गर्न कृषि, जलविद्युत जस्ता सेक्टरको प्रचुर सम्भावना रहेको बताउँदै ती क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । २८ हजार मेगावाट बिजुली उत्पादन, कृषिका जेन्युइन प्रोजेक्टहरु सञ्चालनमा आउन सके ४-५ खर्बको अधिक तरलता केही पनि नभएको अधिकारीको भनाई थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको