Like us!
Follow us!
Connect us!
Watch us!

लकइन खुलेको सिईडिबि हाइड्रोको उच्च कारोबार, अत्यधिक उतारचढाव हुँदा जोखिम मोल्नेलाई एकैदिन १९ प्रतिशत नाफा

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १८ : ०३ मा प्रकाशित

लकइन खुलेको सिईडिबि हाइड्रोको उच्च कारोबार, अत्यधिक उतारचढाव हुँदा जोखिम मोल्नेलाई एकैदिन १९ प्रतिशत नाफा

सोमबार सेयरबजारमा उच्च उतारचढाव भएको कम्पनीमा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रह्यो ।

यो कम्पनीको आज दोस्रो सर्वाधिक कारोबार मात्र भएन सेयर मूल्यमा १७ प्रतिशतको उतारचढाव समेत भयो । सोमबारबाट संस्थापक तथा कर्मचारीका लागि छुट्ट्याइएको ५९ लाख २६ हजारभन्दा बढी किता सेयरको लकइन खुलेको उक्त कम्पनीको आज २८.२३ करोड रुपैयाँ बराबरको ४.२५ लाख कित्ता सेयर कारोबार भयो ।

नेप्सेको फ्लोरसिट डाटा अनुसार आज ब्रोकर ३२ बाट सबैभन्दा धेरै अर्थात एक लाख ३६ हजार कित्ता सेयर बिक्री भयो । यसैगरी ब्रोकर २८ बाट ५२ हजार कित्ता, ४७ र ४९ बाट पनि ३५-३५ हजार कित्ता सेयर बिक्री भयो । आज सर्वाधिक खरिद ब्रोकर ३२ बाट ५२ हजार कित्ता भयो भने ब्रोकर ५८ बाट ४५ हजार र ब्रोकर ५० बाट ५० हजार कित्ता सेयरको खरिद भयो ।

सोमबार लकइन खुलेको खबरसँगै उच्च सेयर सप्लाई आउँदा उक्त कम्पनीको सेयर ९.५ प्रतिशतले घटेर प्रतिकित्ता ६२७ रुपैयाँसम्मै झर्न पुगेको थियो । तर त्यसपछि बिस्तारै सम्हालिदैँ बजार बन्द हुनेबेला उक्त कम्पनीको सेयर ७.६५ प्रतिशतले बढेर ७४६ रुपैयाँमा बन्द भयो । उक्त कम्पनी सेयर आज अधिकतम ७५६ रुपैयाँ सम्म पुगेको थियो ।

अधिकतम उतारचढावबीच आज सेयरभाउ -९.५ प्रतिशत पुग्दा ६२७ रुपैयाँमा सेयर खरिद गर्नेलाई कारोबारको अन्तिमसम्म सेयरभाउ ७४६ रुपैयाँ पुग्दा एकैदिन करिब १९ प्रतिशतसम्म नाफाको अवसर मिलेको छ । तर आज किनेको सेयर टि+२ दिन पछि मात्रै खातामा आउने हुँदा नाफा कायम रहने ग्यारेन्टी भने हुँदैन । उसो त खातामा पहिले देखि नै सेयर भएका लगानीकर्ताले भने घटेको मूल्यमा खरिद गरि बढ्दो मूल्यमा बेचेर इन्ट्राडे ट्रेडिङमार्फत नाफा भने कमाउन नसक्ने भने होइन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको