Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ्गकाे शंकास्पद काराेबारविरूद्ध सेबाेनमा उजुरी दर्ता, कारबाहीकाे माग

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १६ : ०९ मा प्रकाशित

साल्ट ट्रेडिङ्गकाे शंकास्पद काराेबारविरूद्ध सेबाेनमा उजुरी दर्ता, कारबाहीकाे माग

दाेश्राे बजारमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको शंकास्पद काराेबार भएकाे पाइएकाे छ । कम्पनीकाे सञ्चालकका पारिवारीक सदस्यहरुले गैरकानुनी कारोबार गरेका खुलासा भएकाे हाे ।

मंगलबार मात्रै नेप्सेमा साल्ट ट्रेडिङको २६ हजार ६ कित्ता सेयर खरिद बिक्री भएकाे छ । जसमा हजारौँ कित्ता सेयर साल्ट ट्रेडिङ्गका अध्यक्षका छाेराले बिक्री गरेका बुझिएकाे छ ।

साेही गैरकानुनी कारोबारकाेविरूद्धमा नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा उजुरी दर्ता भएकाे हाे । उजुरीकर्ताले आवश्यक छानबिन गरी कारबाहीको माग समेत गरेका छन् ।

उजुरीपत्रमा भनिएकाे छ, "उपरोक्त सम्बन्धमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको पछिल्ला महिना देखी हाल सम्म आईपुग्दा भई गरेका दोश्रो बजार कारोबारहरु मध्ये केही करोबारहरु शंकास्पद (कम्पनी संचालकहरु वा निजका पारिवारीक सदस्यहरुको कारोबार) भएको हुदाँ उक्त कारोबारका विवरणहरु तहाँबाट जाँच गरी उचित कामकारवाही गरीदिन हुन बिनम्र अनुरोध गर्दछु । साथै राफसाफ हुन बाँकी शेयरहरु तत्कालको लागि राफसाफ रोक्का राखी दिनहुन अनुरोध गर्दछु ।

शंकास्पद कारोबार नम्बरहरु समेत उजुरीपत्रमा उल्लेख गरिएकाे छ । 

उजुरीपत्र हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको