Like us!
Follow us!
Connect us!
Watch us!

स्टक मार्केट ट्रेडिङ : ‘द अल्टिमेट गेम’

विकास के.सी

शुक्रबार, ०६ साउन २०७९, ०९ : २० मा प्रकाशित

स्टक मार्केट ट्रेडिङ : ‘द अल्टिमेट गेम’

विश्वभरका विभिन्न फाईनान्सियल मार्केट्सहरुमा एकल व्यक्ति, समूह तथा संगठित संस्थाहरुले वार्षिक प्रतिफल वा पूँजीगत लाभका लागि लगानी गर्ने गर्दछन् ।

लगानीको उद्देश्य र समयावधिहरु हेरेर ती लगानीकर्ताहरुलाई ईन्भेष्टर वा ट्रेडर भन्ने गरिन्छ । ईन्भेष्टरले वार्षिक प्रतिफलका लागि लामो अवधिको लगानी गर्ने गर्दछ भने ट्रेडरले पूँजीगत लाभका लागी छोटो अवधिको लगानी गर्ने गर्दछ भन्ने मान्यता रही आएको छ । समयावधि जतिसुकै भएतापनि पूँजीगत लाभ भएको खण्डमा तथा कथित ईन्भेष्टर पनि अल्टिमेट्ली बन्ने ट्रेडर नै हो । लगानीको समयावधिको कुनै पनि स्थापित परिभाषा हुँदैन् ।

नेपालको पूँजी बजारमा ट्रेडर कम्यूनिटीको त्यति चर्चा हुने गर्दैन् । सिमित वित्तिय औजारहरु भएको हाम्रो बजारमा पूर्णकालिन ट्रेडर बन्न सहज पनि छैन । छिमेकी राष्ट्र भारत लगायत पूँजी बजारको विकास र विस्तार भएका अन्य देशहरुमा ट्रेडर कम्यूनिटीको बाहुल्यता रहेको पाईन्छ । भारत र अमेरिका जस्ता देशहरुमा त प्रत्येक वर्ष ट्रेडरहरुको सम्मेलन नै हुने गर्दछ । फाईनान्सियल मार्केट्समा अब्बल साबित भएका ट्रेडरहरुलाई सम्मान समेत गर्ने गरिन्छ ।

नेपालमा ट्रेडिङबाट पैसा कमाउन सकिन्छ भन्ने मान्यता स्थापित भईसकेको छैन । किनभने अहिलेसम्म कुनैपनि सफल ट्रेडर मिडियामा आई नसकेको अवस्था छ । हालसम्म मिडियामा आएका तथा कथित विश्लेषकहरु र सेयरमूल्य घटेपछि “होल्ड–ईज–गोल्ड” भन्ने अधिकांश मानिसहरु साना लगानीकर्ताको आँखामा छारो हाल्ने खालका छन् । मूल्य बढेको बेलामा अझ बढ्छ भन्दै सेयर भिडाउने र मूल्य घटेको बेलामा एभरेजिङको नाममा सानालाई भरिया बनाउने परिपाटी चलि नै रहेको छ । ट्रेडिङको परिभाषामा घटेको मूल्यमा एभरेजिङ गर्नु भनेको ‘आत्महत्या’ गर्नु सरह हो ।

अझ भन्नुपर्दा नेपालमा नव प्रवेशीहरुको सेयर बजारको यात्रा २–४ हजारको केही दिने वा केही हप्ते प्राविधिक विश्लेषणको तालिम लिएको भरमा सुरु हुने गर्दछ । यदि सेयर बजारको लगानीलाई कुनै गेमसँग तुलना गर्ने हो भने ट्रेडिङ भनेको त्यस्तो गेमको लाष्ट लेभल हो । तर हामी यहाँ सेलेक्सन राउण्ड, क्वार्टर फाईनल, सेमी फाईनल नखेली सिधै फाईनल म्याच खेल्न मैदानमा उत्रने गर्छौं । एउटा सफल ट्रेडर बन्नका लागि कम्तीमा पनि २–३ वर्षको अथक मेहनत चाहिन्छ । यो एउटा एकल यात्रा हो । आधारभूत विश्लेषण र प्राविधिक विश्लेषणको अध्ययनमा वर्षौं समय खर्चेर आर्जेको ज्ञानलाई मार्केटले पटक पटक मिथ्या साबित गरिदिन्छ । अन्त्यमा एउटा आध्यात्मिक बोध हुन्छ,“आई नो नथिङ एबाउट द मार्केट” । यो आध्यात्मिक बोध पश्चात् मात्र एउटा सफल ट्रेडर बनिन्छ । यो नै मार्केटको कानुन हो । 

आउनुहोस्, अब एक सफल ट्रेडर बन्नुका ५ फाईदाहरुका बारेमा चर्चा गर्रौ । सफल ट्रेडर बन्नका लागि तथा कथित ‘गुरु’ हरु हैनन् त्यस गेममा पारङ्गत ‘कोच’ को आवश्यकता पर्दछ ।

१. ट्रेडर वियरिस बजारमा फस्दैनन्:

कुनैपनि सफल ट्रेडर वियरिस बजारमा कहिल्यै पनि फस्दैन् । प्राविधिक विश्लेषणको राम्रो ज्ञान र अनुभव भएको ट्रेडरले मार्केट रिभर्सललाई अरुभन्दा निकै छिटो पहिल्याउन सक्षम हुन्छ । मार्केटको फलोवर भएको नाताले ट्रेडरले अपट्रेन्ड र डाउनट्रेन्ड दुवैलाई सहर्ष स्विकार गर्दछ । मार्केटले गलत सावित गरेको खण्डमा एउटा ट्रेडरले आफ्नो गल्ति स्विकार गरेर नाफाघाटा जे हातमा आएपनि ऊ मार्केटबाट बाहिरिने गर्दछ । ट्रेडरको नाताले ऊ अपट्रेन्डमा बायर (बुल) हुन्छ भने डाउनट्रेन्डमा ऊ सेलर (बियर) हुन्छ । 

२. ट्रेडरलाई मार्केट कहाँ जान्छ भन्ने चिन्ता हुँदैनः

एउटा ट्रेडरले कुनैपनि स्क्रिप्ट प्लान गरेर खरिद गर्ने गर्दछ । खरिद गर्नु अगावै उसँ गत्यो स्क्रिप्ट खरिद गर्नुको कारण के हो, एनलाईसिस गलत साबित भएको खण्डमा स्टप लस लाएर कहाँ निस्कने, कुन मूल्यमा प्रफिट बुक गर्ने, रिवार्ड टु रिक्स रेसियो कति हो, आदी सबैको लिखित प्लान हुन्छ । मार्केटले के गर्छ भन्दापनि मार्केटले यसो गर्यो भने म यसो गर्छु भन्ने ऊसँग अग्रिम योजना हुन्छ । ट्रेडरको अधिकतम रिक्स ट्रेड लिनुभन्दा अगाडी नै निर्धारित हुने भएकोले मार्केटको दिशाप्रति ऊ चिन्तित हुँदैन् । 

३. ट्रेडरलाई थाहा हुन्छ पैसा कमाउन सँधै सही हुनु पर्दैन:

सेयर बजारको लगानी भनेको सम्भावनामा आधारित हुन्छ । मार्केट कता जान सक्छ भन्ने कुराको ठोकुवा विश्वमा अहिलेसम्म कसैलेपनि गर्न सकेको छैन् । बजारको विज्ञ कहलिएर मार्केटको आगामी दिशा यस्तो हुनसक्छ त्यस्तो हुनसक्छ भन्नु अरुलाई र स्वयं आफुलाई झुक्याउने कार्य मात्र हो । एउटा ट्रेडरलाई थाहा हुन्छ ऊ बजारमा आफ्ना हावादारी प्रक्षेपणद्वारा ईगो स्याटिस्फाई गर्न आएको हैन् । बजारमा पैसा कमाउन सँधै सहि हुनआवश्यकपनि छैन् । यदिकुनैपनि ट्रेडर आफ्नो प्लानमा ६० प्रतिशत समयमात्र सहि भयो भने पनि उसले बजारबाट पैसा घर लान सक्छ । 
४. माईक्रो लेभलबाट म्याक्रो लेभलको यात्रा सहज हुन्छ:

ट्रेडिङ भनेको माईक्रो लेभलमा गरिने कार्य हो । एउटा ट्रेडरसँग चार्टको सबैभन्दा सानो टाईमफ्रेमको प्राईस रिड गर्नसक्ने क्षमता हुन्छ । सेयरबजारमा कुनैपनि ट्रेन्डको सुरुवातको संकेत सर्वप्रथम सानो टाईमफ्रेमले दिने गर्दछ । तसर्थः एउटा ट्रेडर सहजै ईन्भेष्टर बन्न सक्छ तर एउटा ईन्भेष्टरलाई ट्रेडर बन्नका लागि निकै समय र परिश्रम खर्चिनुपर्छ ।

५ सर्टसेलिङ, फ्यूचर्स एण्ड अप्सन्सकाे लाभ लिन सकिन्छ:

नेपालको जस्तो एकतर्फि बजारमा धितोपत्र बोर्डले सर्टसेलिङ, फ्यूचर्स एण्ड अप्सन्स् जस्ता वित्तिय औजारहरु नल्याईकन सुखै छैन् । सम्भवतः बोर्डले यस सम्बन्धी कार्य योजना तर्जुमा गर्दै होला । मार्जिन लेन्डिङ कार्यविधि पारित हुनु यसको तयारीको स्वरुपमा लिन सकिन्छ । आगामी दिनहरुमा आउने यी सबै औजारहरुको प्रयोग एक सफल ट्रेडरले कुशलता पूर्वक गर्न सक्छ ।
अन्त्यमा, फाईनान्सियल मार्केट्सको ट्रेडिङ भनेको जीत र हारको श्रृंखला हो । सेयर बजारमा पैसा कमाउने जादुई ज्ञान÷सुत्रको खोजिमा मानिसहरुको दशकौं समय खेर जान्छ । सफलताको सुत्र आफैभित्र हुन्छ । मार्केटलाई बुझ्न पहिला आफूले आफैलाई बुझ्नुपर्ने हुन्छ । यो अल्टिमेट गेममा गोल हान्ने तपाईँ आफैले नै हो । अल द बेष्ट !

(लेखक विकास के.सी. ईन्भेष्टर, ट्रेडर तथा फाईनान्सियल एजुकेटर हुन् ।)

हामी आभारी छौँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको