Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, ०८ : ४७ मा प्रकाशित

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

सरकारले आज आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमाझ राष्ट्रपति रामचन्द्र पौडेलले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपालको संविधानको धारा, ९५ बमोजिम सरकारको सिफारिसमा आज दिउँसो ३ बजे राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संसद् सचिवालयले दिनको २ः४५ बजेभित्र सङ्घीय संसद्का सबै सदस्यलाई औपचारिक पोसाकमा उपस्थिति भई आफ्नो आसन ग्रहण गरिसक्न आग्रह गरेको छ । यता प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले भने सहकारी ठगीका विषयमा संसदीय छानबिन समितिको माग राख्दै सरकारको नीति तथा कार्यक्रम रोक्ने सम्भावना रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसका नेताहरूसँग संसद्को गतिरोध अन्त्यका लागि आज बिहान छलफल गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको