Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १८ : ०४ मा प्रकाशित

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा। सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ । दुई मुलुकबीचको कुटनीतिक सम्वन्ध ६५ बर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच आर्थिक सम्वन्ध बिस्तार एवं लगानी प्रर्वद्धनबारे छलफल भएको हो । 

डा.डोमजाल्स्की संगको भेटका क्रममा चेम्बर अध्यक्ष कमलेश अग्रवालले नेपालको ग्रिन हाईड्रोजनमा लगानीका लागि आग्रह गरे । अध्यक्ष अग्रवालले भने,‘नेपालमा ग्रिन हाईड्रोजन उत्पादनको सम्भावना उच्च छ, विश्वमै ग्रिन हाईड्रोजनको माग उच्च छ । पोल्याण्ड नेपालको पुरानो कुटनीतिक सम्वन्ध भएको मुलुक भएकाले पनि नेपाल लगानीका लागि आर्कषक गन्तव्य भएको जानकारी गराउँछु, । ’नेपालमा अन्तराष्ट्रिय लगानी लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको अध्यक्ष अग्रवालले बताए ।

उनले नेपालको जलविद्युत, पर्यटन, खानी लगायतका क्षेत्रमा लगानी लगानीका लागि डा सवेस्टियन समक्ष आग्रह गरे । उनले पर्यटकीय आर्कषक गन्तव्यहरु समेत धेरै भएकाले पोल्याण्का नागरिकलाई नेपाल भ्रमणमा आउने वातावरण बनाउन समेत डा। सवेस्टिएन समक्ष आग्रह गरे । चेम्बर पदाधिकारीसंगको भेटका क्रममा आवसीय कार्यवहाक राजदूत डा। सेवेस्टियनले नेपालको चिया र कफिको बजार सम्भावना खोज्न सकिने बताए ।

दुई देशबीचको कुटनीतिक सम्वन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले पनि फाईदा खोज्नुपर्ने उनको भनाई छ । आवासीय राजदूत डा। सेवस्टियनसंगको भेटमा अध्यक्ष अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, उपाध्यक्षहरु उर्मिला श्रेष्ठ, दिपक श्रेष्ठ, निलकण्ठ चौलागँई एवं सन्तोस पाण्डे सहभागी थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको