Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफको बार्षिक साधारणसभा जेठ २८ गते

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १७ : २१ मा प्रकाशित

आइएमई लाइफको बार्षिक साधारणसभा जेठ २८ गते

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिक साधारण सभा जेठ २८ गते गर्ने भएको छ । उक्त सभा आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्साल काठमाडौंमा आयोजना गर्ने भएको छ ।

उक्त सभा विहान ११ बजेबाट शुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९ ८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न उक जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ । कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थाफक सेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ती गरेकोमा सो नियुत्त सभाले अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ १४ गते एक दिन बन्द गर्नेछ । यस बुक क्लोजको आधारमा जेठ १३ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको