Like us!
Follow us!
Connect us!
Watch us!

रेमिट्यान्स १९.८ प्रतिशतले बढ्यो,वैदेशिक व्यापारमा भने गिरावट,

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, १६ : ५७ मा प्रकाशित

चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको जानकारी गराएको हो । 

यस्तै चालु आर्थिक वर्षको नौ महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले घटेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार १८.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वस्तु निर्यात ३.७ प्रतिशतले घटेको छ भने वस्तु आयात २.८ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको बैंकले जनाएको छ । 

आयातमा आएको संकुचनका कारण शोधनान्तर बचत बढ्न गई बाह्य क्षेत्र सुदृढ रहेको पनि बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा चालु खाता १७९ अर्ब ४८ करोड र शोधनान्तर ३६५ अर्ब १६ करोडले बचतमा रहेको जनाइएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा र शोधनान्तर १७४ अर्ब २८ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर बचत उल्लेख्य बढेका कारण विदेशी विनिमय सञ्चिति बढ्न गई चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड (अमेरिकी डलर १४ अर्ब ३६ करोड) बराबर पुगेको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको