Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा नीति तथा कार्यक्रममाथि जेठ ११ गते छलफल हुने

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, १४ : ४० मा प्रकाशित

संसदमा नीति तथा कार्यक्रममाथि जेठ ११ गते छलफल हुने

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आउँदो जेठ ११ गते छलफल हुने तय भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आव २०८१/८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ११ गतेको दिन तोकेको जानकारी गराएका हुन् । सोही दिन नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम पनि रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछि ५ दिन नीति तथा कार्यक्रममाथि छलफल गरि जेठ ९ गते पारित गर्ने तयारी रहेको थियो । तर काङ्ग्रेसले लगातार संसद बैठक अवरोध गरेका कारण अब एकैचोटि जेठ ११ गतेको दिन छलफल गर्न लागिएको हो ।

नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दिनका लागि जेठ ९ गतेसम्मको समय निर्धारण गरिएको छ । संसदको आगामी बैठक अब जेठ ११ गते नै बिहान ११ बजे बस्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको