Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया पक्राउ

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, १८ : २० मा प्रकाशित

कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहिया पक्राउ परेका छन् ।

थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै प्रहरीले सिरोहियालाई नियन्त्रणमा लिएको हो । सिरोहियाको नागरिकतामाथि प्रश्न उठाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता जाहेरी दर्ता भएको थियो । त्यसै मुद्दामा जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

सिरोहिया आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतमा पनि पुगेका छन् । पक्राउ पुर्जी जारी भएपछि एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैँ उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी भएको बताएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको