Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुरका अध्यक्ष कैलास सिरोहियाले पक्राउ पुर्जीविरुद्ध हालेको रिट सर्वोच्चमा भएन दर्ता

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, १८ : ४० मा प्रकाशित

कान्तिपुरका अध्यक्ष कैलास सिरोहियाले पक्राउ पुर्जीविरुद्ध हालेको रिट सर्वोच्चमा भएन दर्ता

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास प्रसाद सिरोहियाले आफू माथि जारी भएको पक्राउ पुर्जीविरूद्ध हालेको रिट सर्वोच्च अदालतले दर्ता नगरेको छ ।

जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी बदर गरी पाऊँ भन्‍दै दिएको रिट मंगलबार दर्ता नभएको हो । उक्त रिट आज दर्ता नभएको र बुधबार यसबारे थप अध्ययन गरिने अदालत स्रोतले जनाएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले मंगलबार नागरिकता कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गर्न आदेश दिएका थिए।

सिरोहियालाई आज थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि सिरोहियाले प्रहरीमा जाहेरी परेपछि प्रतिषेधको आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कारण देखाऊ आदेश जारी गर्दै जेठ १४ गतेका लागि पेशी तोकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको