Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमा बजेट लेखनको चटारो, विज्ञ समुह नारा लेख्नमा व्यस्त

भावना अवस्थी

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, १३ : ४५ मा प्रकाशित

अर्थमा बजेट लेखनको चटारो, विज्ञ समुह नारा लेख्नमा व्यस्त

सरकार यतिबेला बजेट निर्माणको चटारोमा छ । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट बनाउनमा व्यस्त भएको छ । संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्छ । जेठ १५ बजेट सार्वजनिक हुने दिन आउन अब जम्मा ६ दिन मात्र बाँकी रहेको बेला अर्थ मन्त्रालयका अधिकारीहरु बजेटलाई अन्तिम रुप दिने तयारीमा छन् ।

आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा पेश गरेसँगै अर्थमन्त्री पुनले नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट बनाउने निर्देशन दिएका छन् । अर्थमन्त्री स्वयंले अर्थ मन्त्रालयमा हुने भेटघाटलाई बन्द गरेर बजेट लेखनमै समय दिइरहेका छन् । 

जसकालागि अहिले बजेट लेखनमा खटिएका विज्ञहरुको समुह बजेटका नारा लेख्नमा नै व्यस्त छ ।

राष्ट्रिय योजना आयोगले आगामी १५ जेठमा संसद्मा प्रस्तुत हुने १८ खर्ब रुपैयाँसम्मको बजेटको सिलिङ दिएको छ । यससँगै अर्थ मन्त्रालय अहिले बजेट भाषण लेखनमा जुटेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आवको बजेटलाई जनमुखी बनाउन सक्दो प्रयास गरिएको छ । सो क्रममा बढी प्राथमिकता दिइने क्षेत्रमा आकर्षक नारा लेख्न विज्ञ समुह नै खटाइएको हो ।

अर्थ मन्त्रीका प्रेस सल्लाहकार दयानीधि भट्टले निती कार्यक्रमलाई नै प्राथमीकतामा राखेर बजेटलाई ढाँचामा राख्ने काम भइरहेको बताएका छन् 

‘अर्थ मन्त्रालयमा यतिबेला अन्य मन्त्रालयबाट आएका योजना तथा कार्यक्रमहरुलाई मिलाउने काम भइरहेको छ, आएका योजनाको काटछाँट गर्ने, बजेटलाई ढाँचामा राख्ने,अर्थ मन्त्रायलमा आएको सुझावलाई केलाएर बजेटमा प्राथामिकता दिने काम भएको छ ।’ उनले भने । 


आगामी बजेट निजी क्षेत्रलाई विशेष ‘फोकस’ गरि ल्याइने अर्थमन्त्री पुनले पनीे बताईसकेका छन । उनले यसपालीको नयाँ बजेटमा निजी क्षेत्रलाई रिजाउने प्रयास गरिरहेका छन ।  प्रेस सल्लाहकार दयानीधि भट्टले पनि आगामी बजेट ‘कृषि, रोजगार, श्रमजस्ता क्षेत्र बजेटको प्राथमिकतामा राखेर ल्याउने बताए  । 

अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार रहेका प्रा.डा सूर्य थापाले १६औं योजनाको कार्यान्वयनको अवस्था भएको हुनाले पञ्चवर्षीय योजनालाई समेत केन्द्रमा राखेर बजेट निमार्णमा जुटेको बताएका छन् । 


‘अहिले नीति तथा कार्यक्रमसँग टाइप गरेर बजेट लेखनको काम भइरहेको छ, १६औं योजनाको कार्यान्वयनको अवस्था भएको हुनाले पञ्चवर्षीय योजनालाई समेत केन्द्रमा राखेर बजेट निमार्णमा जुटेका छौँ ।’

‘अर्थमन्त्री अर्थ मन्त्रालयमा मुलुकको स्रोत र साधन जहाँ छ त्यहि नै फोकस भएर बजेट बनाउँदै हुनुहुन्छ’, प्रा.डा थापाले थपे, ‘कृषि, पर्यटन, उर्जा, आइटी क्षेत्रलाई प्रवद्र्धन गर्ने कार्यक्रमलाई लक्षित गरेर बजेट निमार्ण हुदैछ ।’ बजेट लेखनमा टिम क्रियासिल छ , बजेट लेखन बिचतीर पुगेको छ , नीती तथा कार्यक्रमकै वरीपरी रहेर बजेट आउछ । ’ थापाले भनेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको