Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक संस्थान: ४४ संस्थानबाट सरकारलाई १० अर्ब ४५ लाख लाभांश

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, १७ : २८ मा प्रकाशित

सार्वजनिक संस्थान: ४४ संस्थानबाट सरकारलाई १० अर्ब ४५ लाख लाभांश

हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१ अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेकामध्ये त्यस्तो अवस्था देखिएको हो ।

तुलनात्मक रूपमा गत आर्थिक वर्ष, २०७९/८० मा सार्वजनिक संस्थानहरूबाट सरकारले प्राप्त गर्ने लाभांश बढेको छ । लगानी अनुसार अझै प्रतिफल नमिले पनि आर्थिक वर्षमा ४४ वटा संस्थानहरूबाट १० अर्ब २५ लाख रुपैयाँ लाभांश प्राप्त गरेको सरकारले जनाएको हो । 

प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानको कूल सञ्चालन आय ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेकामा गत आर्थिक वर्ष २०७९/८० मा १४ .८७ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब एक करोड २९ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको समग्र खुद नाफामा ३ हजार ४६.२० प्रतिशतले वृद्धि भई गत आर्थिक २०७९/८० मा ४८ अर्ब ५१ करोड ७५ लाख कायम भएको छ ।

२०८० असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब ७९ अर्ब ७२ करोड १६ लाख र ऋण लगानी २ खर्ब ८१ अर्ब ३८ करोड ५८ लाख गरी कुल ६ खर्ब ६१ अर्ब १० करोड ७४ लाख पुगेको छ । 

२०७९ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख र ऋण लगानी २ खर्ब ८९ अर्ब २४ करोड ९९ लाख गरी कुल ६ खर्ब १८ अर्ब १७ करोड ७५ लाख रुपैयाँ रहेको थियो । २०८० असारसम्ममा शेयर तथा ऋण लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९४ प्रतिशतले वृद्धि भएको छ ।

आयकर सङ्कलन ?

यस्तै समीक्षा वर्षमा सार्वजनिक संस्थानबाट संस्थानबाट १७ अर्ब ३९ करोड ४६ लाख आयकर प्राप्त भएको समेत सरकारले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट १४ अर्ब ३८ करोड १८ लाख रुपैयाँ आयकर प्राप्त भएको थियो ।

गत आर्थिक वर्षमा सङ्कलन भएको सङ्घीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट सङ्कलित आयकरको योगदान ६।९७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा सङ्कलन भएको सङ्घीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट सङ्कलित आयकरको योगदान ५।५९ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षसम्म सार्वजनिक संस्थानको कोषमा व्यवस्था नभएको दायित्व ४७ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो दायित्व ५२ अर्ब ८७ करोड २ लाख पुगेको थियो । गत आर्थिक वर्षमा कोषमा व्यवस्था नभएको दायित्व आर्थिक वर्ष २०७८/७९ वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको सरकारले जनाएको छ । 

गत आर्थिक वर्षमा सार्वजनिक संस्थानमा ३२ हजार १ सय ८० कर्मचारी कार्यरत रहेकोमा हाल यस्तो सङ्ख्या २९ हजार ७ सय ३६ मा झारिएको समेत सरकारले सर्वेक्षणमा उल्लेख गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको