Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतीय सवारी साधनमा २० प्रतिशतसम्म बढ्यो कर,कुन सवारीसाधनमा कति ?

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, १० : ०३ मा प्रकाशित

विद्युतीय सवारी साधनमा २० प्रतिशतसम्म बढ्यो कर,कुन सवारीसाधनमा कति ?


सरकारले विद्युतीय सवारीसाधन (ईभी)मा  १० प्रतिशतले कर बढाएको छ ।

सरकारले ५० किलोवाटसम्मको ईभीमा भन्सार दर ५ प्रतिशत थपेर १५ प्रतिशत पुर्‍याएको छ । यता अन्तशुल्क ५ प्रतिशले बढाइएको छ ।
५१ देखि १०० किलोवाटसम्मा ५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क बढाएको छ । यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्त शुल्क थियो ।

१०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क पुर्‍याएको छ । यस अघि भन्सार २० प्रतिशत र अन्तशुल्क २० प्रतिशत थियो । २०१ देखि ३०० किलोवाटको २० प्रतिशत भन्सार बढाएको छ ।१० प्रतिशत अन्त शुल्क घटेको छ ।

३०० भन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । १० प्रतिशत अन्त शुल्क घटेको छ । समग्रमा १० प्रतिशत कर बढेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा हरित कर लगाइएको छ । बिटुमिन कोइलालगायत वस्तुमा प्रतिकिलो ५० पैसा र डिजेल तथा पेट्रोलमा प्रतिकिलो एक रुपैयाँ बराबर हरित कर लगाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको