Like us!
Follow us!
Connect us!
Watch us!

लगानी योग्य वातावरण बनाउने बजेट आयो,कार्यान्वयनमा तीव्रता दिनुपर्छः अध्यक्ष ढकाल

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १० : ५३ मा प्रकाशित

लगानी योग्य वातावरण बनाउने बजेट आयो,कार्यान्वयनमा तीव्रता दिनुपर्छः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेट मार्फत निजि क्षेत्रका अधिकांश माग सम्बोधन भएको भन्दै कार्यान्वयनमा तीव्रता दिनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका बिषयहरुमा अन्तरक्रिया कार्यक्रममा  उनले यस्तो बताएका हुन्।

उनले भने, ‘निजि क्षेत्र बिनाको आर्थिक समृद्धि सम्भव छैन भन्ने कुरा स्थापित भएको छ। मुलूकमा बीचमा आएको अर्थतन्त्रको संकुचन सकारात्मक तरीका सुधार गर्नुपर्छ । मौद्रिक नीति पनि बजेट सँगसँगै अघि बढेको छ । निजि क्षेत्रका अधिकांश माग पुरा भएका छन् । अब कार्यन्वयन गर्नुपर्छ । सहयोगी गर्ने हामी तयार छौं ।’

अहिलेको बजेटले परम्परागत प्रक्रियाको बजेट परिवर्तन गरि नयाँ चरणको सुधार गरेको ढकालले बताए । ‘निजि क्षेत्रको सुझावलाई सबै राजनितिक दलहरुलाई राखेर अघि बढेका थिए । यो बजेटले नयाँ सुधार ल्याउँछु’ उनले भने।

लगानीको वातावरण बनाउन कानून संशोधन हुनु निकै सकारात्मक रहेको ढकालको भनाइ छ । ‘देशमा लगानीको वातावरण छैन भन्ने कुरा चिर्न सरकारले कानून परिवर्तन गर्नु सकारात्मक रहेको छ । लगाननीको वातावरण बनाउन सबै क्षेत्रले सहयोग गरेको छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको