Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड मोडी हाइड्रोको स्थगित साधारणसभा पुन: आह्वान, हकप्रद सेयर जारी गर्ने

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १३ : ३८ मा प्रकाशित

युनाईटेड मोडी हाइड्रोको स्थगित साधारणसभा पुन: आह्वान, हकप्रद सेयर जारी गर्ने

गणपूरक संख्या नपुगेपछि स्थगित भएको युनाईटेड मोडी हाइड्रोको दशौं वार्षिक साधारणसभाको पुन: आह्वान गरिएको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांशको भने व्यवस्था गरेको छैन ।

कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २७ गते काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हाल कायम चुक्तापुँजी एक अर्ब २३ करोड पाँच लाखको शतप्रतिशतले हुन आउने एक सय रुपैयाँ अङ्कित एक करोड २३ लाख पाँच हजार कित्ता हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । कम्पनीले १० मेगावाटको तल्लो मोदी-१ हाइड्रोपावरबाट विद्युत उत्पादन गरिरहेको छ । साधारणसभा प्रयोजनार्थ चैत ७ गते एकदिन कम्पनीले बुक क्लोज गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको