Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा १३ अंकको बृद्धि,४ अर्ब ३१ करोडको कारोबार

अर्थ संसार

आइतबार, २० जेठ २०८१, १५ : १३ मा प्रकाशित

सेयर बजारमा १३ अंकको बृद्धि,४ अर्ब ३१ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५१ अकंले बढेर २०८३.०४ बिन्दुमा बन्द भएको छ । आइतबार ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ६४ लाख रुपैयाँको सेयर अकारोबार भएको छ । पोखरा फाइनान्सको १८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शका लगानीकर्ताले ८.८५ प्रतिशतका दरले कमाएका छन् । अपर सोलुका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको