Like us!
Follow us!
Connect us!
Watch us!

१० हजार करोडको गिरिबन्धु काण्ड लुकाउन अर्को काण्ड नगर्न ओलीलाई बालेनको सुझाव

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १० : ११ मा प्रकाशित

१० हजार करोडको गिरिबन्धु काण्ड लुकाउन अर्को काण्ड नगर्न ओलीलाई बालेनको सुझाव

गिरिबन्धु प्रकरणमा बैना लिएकाहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं " भनेर एमाले अध्यक्ष केपी शर्मा ओली थम्थमाएको आरोप लगाउँदै काठमाडौंका मेयर बालेन शाहले समयमै पीडितको बैना फिर्ता नगरे फेरि जेल बस्ने अवस्था आउने चेतावनी दिएका छन् ।

आज सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै बालेनले गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा ओलीको सहभागिताको इतिहास हेर्दा त्यहाँ उनलाई नभनी पात पनि नहल्लने बताएका हुन् । उनले लेखेका छन्, "यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।"

उनले थप लेखेका छन्, "कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको