Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मेवा खोला हाइड्रोले डाक्यो साधारणसभा, आइपिओ जारी गर्ने

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, १२ : ५९ मा प्रकाशित

युनाइटेड मेवा खोला हाइड्रोले डाक्यो साधारणसभा, आइपिओ जारी गर्ने

युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित साधारणसभा डाकेको छ ।

जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ६ गते काठमाडौंको डिल्लीबजारस्थित कम्पनीकै रजिष्टर्ड कार्यालयमा बस्ने गरी प्रथम साधारणसभा मिति तय गरेको हो । सभामा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधनलगायतका प्रस्तावमा छलफल गरिने जनाइएको छ । यसैगरी सभामा सार्वजनिक निष्कासन गर्ने विषयमा पनि छलफल र निर्णय गरिने जनाइएको छ । 

साधारणसभामा कम्पनीले लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा पनि छलफल र निर्णय गर्ने जनाइएको छ । सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्ने गरि सम्झौता भइसकेको छ ।

कम्पनीले ताप्लेजुङ्ग जिल्लामा ५० मेगावाट बिजुली उत्पादन क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको