Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, १५ : १७ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् ।

बुधबार दिउँसो राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री मोदीले राजीनामा बुझाएको जनाइएको छ । मोदीले राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएका हुन् । राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीले दिएको राजीनामा स्वीकृत गरिसकेकी छन् ।

मङ्गलबार भारतको लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको थियो । उक्त मतपरिणामका आधार बहुमत प्राप्त दलले अब सरकार गठनको प्रक्रिया थाल्नेछ । नतिजा अनुसार निवर्तमान प्रधानमन्त्री मोदीकै दल भाजपा नेतृत्वको एनडिए गठबन्धनले २९२ स्थानमा जीत हासिल गरेको छ । भाजपाले भने २४० सिट जितेको थियो ।

बहुमतका लागि २७२ मत चाहिने हुँदा २३४ सिट जितेको काङ्ग्रेससहितको विपक्षी गठबन्धन इन्डियाले पनि सरकार निर्माणका सम्भावना खोजीरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको