Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य गिरावट,४ अर्ब ३८ करोडको कारोबार

अर्थ संसार

विहीबार, २४ जेठ २०८१, १५ : २३ मा प्रकाशित

सेयर बजारमा सामान्य गिरावट,४ अर्ब ३८ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अकंले घटेर २०७७.७८ बिन्दुमा बन्द भएको छ । आज ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज इमर्जिङ नेपाल र मिड सोलुको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

आज दिनभरिमा ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको १८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १४ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १४ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपाल रमिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमी नेपालका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । माण्डु हाइड्रोका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै माइ खोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको