Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड भाडाको घरमा बसेर प्रविधि मैत्री,अन्तराष्ट्रिय विकास गर्न सम्भव छैन: राज जिसी

अर्थ संसार

आइतबार, २७ जेठ २०८१, ०७ : ५४ मा प्रकाशित

धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष राज जिसीले भाडाको घरमा बसेर प्रविधि मैत्री, अन्तराष्ट्रिय बिकास गर्न सम्भव नरहेको बताएका छन् । 

धितोपत्र बोर्डको ३२ औं वार्षिक उत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘भाडाको घरमा बसेर प्रविधिमैत्री अन्तराष्ट्रिय मापदण्ड बनाएर पुँजिबजारको विकास सम्भव छैन  । संस्थागत सुसाशनको कुराहरु छ  यो लक्ष्य प्राप्तिका लागि कर्मचारीको क्षमता अभवृद्धि गर्नुपर्ने होला र संस्थागत क्षमता अभवृद्धि  गर्न त्यसलाई प्रविधिमैत्री हुनुपर्ला , जबसम्म हामी आफ्नो भवनमा छैनौ त्यो  प्रविधिमैत्री हुन सक्दैन  । छ महिना भइक्यो धितोपत्र बोर्डको अध्यक्ष छैन, न त अर्थमलान्त्रीई नै मतलब छ, न त सरकारले यसको गम्भिरता बुझ्ने प्रयास गरेको छ ।’ उनले भनेका छन् । 

अब कर्मचारीले काम गर्दा माथिल्लो निकायले हेर्नुपर्यो अन्तराष्ट्रिय मान्यता नहेरी निती परिवर्तन गरेर कर्मचारीलाई दुख दिइयो । 

लगानीकर्ताको मागहरूलाई सम्बोधा गर्न धितोपत्र बोर्ड छिटो अगाडि बढ्नुपर्ने उनको भनाई छ  । 

जिसीले कार्यबाहक अध्यक्षले के गर्न हुन्छ के गर्न हुँदैन भन्ने टुंगो नभइ कसरी काम गर्ने भन्दै प्रश्न समेत गरेका छन् । 

नयाँ कार्यबाहक अध्यक्षले आफु चार दिनलाई हो कि चार बर्षलाई भन्ने कसरी काम गर्ने ?उहाँ पनी कर्मचारी हो उहाँका लागी पनि लिमिटेसन छन् । उहाँले के गर्न हुन्छ के गर्न हुँदैन भन्ने टुंगो नभइ कसरी काम गर्ने ?

यो पनि हेर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको