Like us!
Follow us!
Connect us!
Watch us!

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको शपथ

अर्थ संसार

आइतबार, २७ जेठ २०८१, २१ : ३७ मा प्रकाशित

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको शपथ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाएका छन् । छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत सहभागी भएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको