कुमारी बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।
न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपियाँ तोकिएको यो सेयर जोकोहीले खरिद गर्न पाउनेछन् । खरिदका लागि न्यूनतम एक लाख कित्ता र अधिकतम सबै कित्ताका लागि बोलपत्र आवेदन पेस गर्न सकिनेछ ।
इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालस्थित कुमारी क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ । आवेदन असार ३ गतेसम्म दिन सकिने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस