Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका दुई विकास ऋणपत्र नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, १३ : ५२ मा प्रकाशित

राष्ट्र बैंकका दुई विकास ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकका दुई विकास ऋणपत्र सूचीकृत भएका छन् । राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेका ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी०८०३२०८९(२०८९०३) र १० अर्बको ‘एनपीडीबी०६०५२०८७ (२०८७०५) नेप्सेमा सूचीकृत भएको हो ।

विकास ऋणपत्र सूचीकृत भएको सम्बन्धमा नेप्सेमा एक सूचना जारी गर्दै यस्तो बताइएको हो ।

एनपीडीबी ०८०३२०८९ ऋणपत्रको वार्षिक ब्याजदर ५.३९ प्रतिशत रहेको छ । सो ऋणपत्र २०८१ वैशाख २० गते निष्काशन भएर नेप्सेमा सूचीकृत भएका हो भने यस ऋणपत्रको भुक्तानी २०८९ वैशाख २० गते रहेको छ ।

त्यस्तै एनपीडीबी ०६०५२०८७ ऋणपत्रको वार्षिक ब्याजदर ५.१७ प्रतिशत रहेको छ । २०८१ जेठ ७ गते निष्काशन भएको यो विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएको हो र यस ऋणपत्रको भुक्तानी २०८७ जेठ ७ गते रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको