Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको करिब ६ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

अर्थ संसार

मंगलबार, २९ जेठ २०८१, १२ : ३१ मा प्रकाशित

कुमारी बैंकको करिब ६ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

कुमारी बैंक लिमिटेडले करिब ६ लाख कित्ता संस्थापक सेयर लिलामी ल्याएको  छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ८१ हजार २५१ कित्ता सेयर आज जेठ २९ गतेदेखि लिलामीमा ल्याएको हो ।

यो सेयरमा जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउनेछन् ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा  एक लाख कित्ता देखी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सेयर खरिद गर्न इच्छुकले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेडमा असार ४ गते अपरान्ह ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको