Like us!
Follow us!
Connect us!
Watch us!

बागमतीका निलम्बित मेयरविरूद्ध ३० करोडको अर्को भ्रष्टाचार मुद्दा दायर

अर्थ संसार

मंगलबार, २९ जेठ २०८१, १७ : ५१ मा प्रकाशित

बागमतीका निलम्बित मेयरविरूद्ध ३० करोडको अर्को भ्रष्टाचार मुद्दा दायर

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ । यसअघिनै भ्रष्टाचारको मुद्दा लागेर निलम्बित भएका थापाविरुद्ध मंगलबार फेरि ३० करोड भन्दा धेरैको मुद्दा दायर भएको हो ।

यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको थियो ।

मंगलबार भने बागमती नगरपालिकाको वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो ।

थापाविरुद्ध कुल ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको