Like us!
Follow us!
Connect us!
Watch us!

रुसमा पक्राउ परेका अमेरिकी पत्रकार इभानमाथि जासुसीको मुद्धा चलाइने

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, २१ : ४६ मा प्रकाशित

रुसमा पक्राउ परेका अमेरिकी पत्रकार इभानमाथि जासुसीको मुद्धा चलाइने

जासुसीको आरोपमा रुसमा रुसमा गिरफ्तार भएका पत्रकार इभान गेर्शकोविचलाई मुद्दा चलाइने भएको छ ।

रुसी अभियोजक जनरलको कार्यालयले गेर्शकोविचलाई पहिलो पटक हिरासतमा राखेको एक वर्षभन्दा बढी समयपछि अभियोग लगाइएको बताएको छ । दोषी प्रमाणित भएमा उनलाई २० वर्षको जेल सजाय हुनेछ । यद्यपि गेर्शकोविच, अमेरिकी सरकार र उनका कर्मचारीले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

गेर्शकोविचको गिरफ्तारीको दुई हप्ता पछि, अमेरिकी विदेश मन्त्रालयले यसलाई गलत नजरबन्दी भनेर प्रतिक्रिया दिएको थियो । रुसी अभियोजकहरूले देशको संघीय सुरक्षा सेवा (एफएसबी) ले कागजातहरू जाँच गरेको बताए । यस अवधिमा गेर्शकोविच सीआईएको निर्देशनमा काम गरिरहेको पत्ता लागेको रुसले बताएको छ ।

यसबारे प्रतिक्रिया दिँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले गेर्शकोविचमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् । 

पक्राउपछि ३२ वर्षीय अमेरिकी पत्रकारलाई मस्कोको कुख्यात लेफोर्टोभो जेलमा राखिएको छ । विदेश मन्त्रालयका एक अधिकारीले बिहीबार इभान गेर्शकोभिचको हिरासत र अनुसन्धान प्रक्रिया समाप्त भएको जानकारी दिए । तर, यस विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गेर्शकोविचलाई रिहा गर्न अमेरिकासँग सम्झौता गर्न सकिने बताएका थिए ।

बढ्दो तनावका बीच रुसले धेरै अमेरिकीहरूलाई हिरासतमा लिएको छ। गत वर्ष जुनमा रुसी-अमेरिकी पत्रकार आल्सु कुर्मासेवालाई हिरासतमा लिइएको थियो । ब्यालेरिना केसेनिया क्यारोलिनालाई जनवरीमा हिरासतमा राखिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको