Like us!
Follow us!
Connect us!
Watch us!

१७ अंकले घट्यो सेयर बजार, साढे ५ अर्बको कारोबार

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १५ : ३१ मा प्रकाशित

१७ अंकले घट्यो सेयर बजार, साढे ५ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०४ अकंले घटेर २०९५.२५ बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४० लाख रुपैयाँको सेयर  कारोबार भएको छ । एनआरएनको १८ करोड १९ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । ङादी ग्रुप पावरको १५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोका लगानीकर्ताले ८.१७ प्रतिशतका दरले कमाएका छन् । कुथली बुखरीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको