Like us!
Follow us!
Connect us!
Watch us!

८ अंकले घट्यो सेयर बजार,३ अर्ब ७१ करोडको कारोबार

अर्थ संसार

विहीबार, १३ असार २०८१, १५ : १६ मा प्रकाशित

८ अंकले घट्यो सेयर बजार,३ अर्ब ७१ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अकंले घटेर २०५१.९२ बिन्दुमा बन्द भएको छ ।

आज ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार रुपैयाँको सेयर कारोबार भइरहेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ७६ लाख रुपैयााको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनाइटेड इदी मर्दिको १२ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनका लगानीकर्ताले ७.०९ प्रतिशतका दरले कमाएका हुन् । महालक्ष्मी डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । एग्रिकल्चर डेभलपमेन्ट बैंक डिबेञ्चरका इकाईधनीले ५.७७ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको