Like us!
Follow us!
Connect us!
Watch us!

भारतले जित्यो टी- २० विश्वकपको उपाधि

अर्थ संसार

आइतबार, १६ असार २०८१, ०७ : २० मा प्रकाशित

भारतले जित्यो टी- २० विश्वकपको उपाधि

 भारतले टी- २० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।

भारतले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो ।

यस अघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

यो सहित भारतले दोस्रो पटक टी- २० विश्वकपको उपाधि जितेको छ । यस अघि भारतले २००७ मा पहिलो टी- २० विश्वकप जितेको थियो ।

त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रीका भने उपविजेता बनेको छ ।
      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको