Like us!
Follow us!
Connect us!
Watch us!

सत्ता फेरिने खबरले सेयर बजारमा हरियाली,नेप्सेसँगै बढ्यो कारोबार रकम

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १५ : २१ मा प्रकाशित

सत्ता फेरिने खबरले सेयर बजारमा हरियाली,नेप्सेसँगै बढ्यो कारोबार रकम

मंगलबार नेपाली सेयर बजारमा सत्ता फेरिने खबरले हरियाली छाएको छ ।  सोमबार मध्यरातमा भएको देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिका कारण यस दिनको सेयर बजार उत्साहित देखिएको हो।

मंगलबार कारोबारको सुरुवातमै सकारात्मक सर्किट ब्रेक लागेको बजारमा दोस्रो पटक पनि कारोबार ४० मिनेटको लागि स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारको बढाई भने घटेर बन्द भएको छ । 

बजार १०२ अकंबाट घटेर ४१ अकंसम्म आइपुग्यो । अन्तिमसम्म आइपुग्दा सेयर बजार ४७.०४ अकंले बढेर २१००.४३ बिन्दुमा पुगेको छ । आज ३१५ कम्पनीको १ करोड १६ लाख १७ हजार ६९० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको १२ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गुडविल फाइनान्सको ११ करोड १० लाख रुपैयााको सेयर कारोबार भएको छ । यूनाइटेड इर्दी मर्दिको १० करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन हिमालयन डिष्टिलरीका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.५४ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.९६ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनका लगानीकर्ताले ६.४६ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको