Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य बृद्धि, ५ अर्ब ८ करोडको कारोबार

अर्थ संसार

बुधबार, १९ असार २०८१, १५ : १८ मा प्रकाशित

सेयर बजारमा सामान्य बृद्धि, ५ अर्ब ८ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७९ अकंले बढेर २१०४.२२ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको १७ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स फाइनान्सको १६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई फाइनान्सका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुहेश्वरी फाइनान्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.७० प्रतिशतका दरले गुमाएका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको