Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन

अर्थ संसार

विहीबार, २० असार २०८१, ०८ : ४६ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा बुधबारको कारोबार पछि नागरिक लगानी कोषको बोनस सेयर र हिमालय ऊर्जाको हकप्रद सेयरमा भाउ समायोजन भएको हो । 

नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयरको बुक क्लोज पछि सेयर भाउ समायोजन भएको हो । बुधबारको यस अन्तिम कारोबार मूल्य २१३६ रुपैयाँ रहेकोमा बोनस समायोजन पश्चात यसको कम्पनीको मूल्य १८७३.६८ रुपैयाँ कायम भएको छ । 

तेस्तै ,हिमालय ऊर्जाको !:! प्रतिशत हकप्रद सेयरले सेयर मूल्य समायोजन भएको हो। बुधबार यस कम्पनीको अन्तिम कारोबार मूल्य २६९ रुपैयाँमा भएको थियो। समायोजन पछि बिहिबार यस कम्पनीको सेयर १८४.५० रुपैयाँमा खुल्ने छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको