Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दती निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

अर्थ संसार

विहीबार, २० असार २०८१, १३ : ११ मा प्रकाशित

मुद्दती निक्षेपमा  ४५ करोड रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ ।

केन्द्रीय बैंकले २०८१ साउन ३ गतेदेखि २०८२ साउन ३ गते (१ वर्षका लागि) सम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

बैंकले उक्त रकम लिन चाहने बैंक तथा वित्तिय संस्थाले लिन चाहेको रकम खोली असार २० गते ७ बजेभित्र ब्याजदर प्रस्तावन गर्न आह्वान गरेको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ६ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

निक्षेप चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्नेछ भने तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेको र कुल कर्जा लगानीको ५ प्रतिशतभन्दा कम खराब कर्जा रहेको हुनुपर्ने राष्ट्र बैंकको सर्त छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको