Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार १५ अंकले बढ्दा ६ अर्ब बढीको कारोबार

अर्थ संसार

विहीबार, २० असार २०८१, १५ : १२ मा प्रकाशित

सेयर बजार १५ अंकले बढ्दा ६ अर्ब बढीको कारोबार

नेपाल स्कट एक्सचेञ्ज (नेप्से) १५.४६ अकंले बढेर २११९.६९ बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँको सेयर  कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १७ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समाज लघुवित्तका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले कमाएका छन् । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.३३ प्रतिशतका दरले कमाएका छन् । सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.३७ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको