Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४५ हजार ४ सयमा कारोबार

अर्थ संसार

आइतबार, २३ असार २०८१, १० : ५१ मा प्रकाशित

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४५ हजार ४ सयमा कारोबार

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ४ सय  रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार छापावाला सुन प्रतितोला  १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार  तेजाबी सुन प्रतितोला  १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार  चाँदीको मूल्य २० रुपैयाँ बढेको छ । शुक्रबार १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको